ॐ जय जगदिशहरे नेपाली आरती :- 


ॐ जय जगदिशहरे प्रभु जय जगदीश हरे ।

प्रभुका चरण उपासक कति-कति पार तरे ।।१।।


 मनको थाल मनोहर प्रेम रुप वाती 

भाव कपुर छ मंगल आरती सब भाती ।।२।।


नित्य निरन्जन निर्मल कारण अभिनाशी ।

शरणागत प्रतिपालक चिन्मय सुखराशी ।।३।।


सृष्टिस्थितिलय कर्ता त्रिभुवन का स्वामी ।

भक्ती सुधा बर्षाउ शरण पर्यौ हामी ।। ४ ।।


आसुर भाव निवारक तारक सुखदाता ।

गुण अनुरुप तिमी हौ हरिहर हौ दाता ।।५।।


युग युग पालन गर्छौ अगणित रुपधरी ।

लीलामय रस बिग्रह करुणा मुर्तिहरी ।।६।।


समता शान्ती प्रदायक सज्जन हितकारी ।

चरण शरण अब पाऔ प्रभु भवभयहारी ।।७।।


संयम सुर सरिताको अविरल धार बहोस् ।

जति जति जन्म भए पनि प्रभुमा प्रेम रहोस् ।।८।।


प्रेम सहित शुभ आरती जसले नित्य गर्यो ।

दिन दिन निर्मल बन्दै त्यो भव सिन्धु तर्यो ।।९।।


ॐ जय जगदिश हरे... ।।